Skip to product information
1 of 1

12Khari Utkrista Katha 2080

12Khari Utkrista Katha 2080

Regular price $21.00 AUD
Regular price Sale price $21.00 AUD
Sale Sold out
Shipping calculated at checkout.

पारिबाट हान्निँदै आएको गोली, बङ्करको छेउ, बूढा दलजित सुब्बाको छातीमै लाग्यो । ...लछिमान जन्मिनुभन्दा अघि नै सैनिकमा भर्ती भएका यी बूढा जमदार अवकाशपछिका जीवनका योजना बनाइरहेका थिए । तर अब उनको आत्मा मात्रै रिटायर्ड भएर जाने भयो । आँखैअगाडि अघिसम्म हाक्पारे बाँचिरहेका बूढा अरठ्ठो भइसकेका थिए । उनको शरीर हिउँ जस्तो चिसो थियो । उसले गोर्खाली वीरगाथालाई सर्लक्कै भुलाइदियो । - बूढो लाँकुरीको रूख

कुमारी आफ्नो आसनमा गएर बसिन् र छेउमा पुतली राखिन् । बाजेले कुमारीको आरती सुरू गरे । कुमारीले छेउको पुतली फुत्त तानिन् र पुतलीलाई आफ्नो सम्मुख फर्काएर दुई हातले माथि उचाल्दै जोडको खित्का छाडिन् । एक सुरमा आरती गरिरहेका बाजे झसङ्ग तर्सिए । डराएर कुमारीको अनुहारमा हेर्दै भने, 'हे भवानी ! हे माजु ! कुन अनिष्टको सङ्केत हो यो ? - कुमारी

View full details