{"product_id":"nilo-prem-नीलो-प्रेम-by-purushottam-bajagai","title":"Nilo Prem नीलो प्रेम by Purushottam Bajagai","description":"\u003cp\u003e\u003cspan\u003e'नीलो प्रेम' नेपाली साहित्यमा बहुअर्थी रूपमा आएको छ– कतै नीलो आकाशझैँ प्रेमको उच्च अवस्था जस्तो, त कतै नीलो सागरझैँ हार्दिकताको गहिराइ जस्तो । तर, के प्रेमले जीवनलाई सधैँ खुलेको नीलो आकाशझैँ उज्यालो बनाइरहन्छ ? कि प्रेमले प्रेमीहरुका जीवनमा मसीझैँ नीलाम्य डामहरु पनि बसाइदिन्छ ? साँगाको पुलिस स्कुलदेखि उठेको यो उपन्यास एक जोडीको प्रेमकथा मात्र होइन- यो मित्रता, पारिवारिक सम्बन्ध र जीवनका कठिन मोडहरूमा पाइला चाल्ने सङ्घर्षको कथा पनि हो । विशेषगरी किशोर-किशोरी तथा युवा उमेर समूहले यसलाई आफ्नै कथाझैँ ठान्नेगरी उपन्यासकार बजगाईंले प्रस्तुत गरेका छन् । यो उनको लेखनको सबल पक्ष हो । कति कथा पढिन्छन्, छाडिन्छन् तर यो कथा भने पाठक सँगसँगै हिँडिरहन्छ, पढिसकेपछि पनि पाठकको मन-मस्तिष्कमा घुमिरहन्छ किनभने 'नीलो प्रेम' केवल प्रेम होइन, यो हाम्रै जीवनको एउटा रङ पनि हो। \u003c\/span\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":51695930573082,"sku":null,"price":25.0,"currency_code":"AUD","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/IMG-6010.jpg?v=1770932574","url":"https:\/\/www.nepalibooks.com.au\/products\/nilo-prem-%e0%a4%a8%e0%a5%80%e0%a4%b2%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%ae-by-purushottam-bajagai","provider":"Nepali Books Australia","version":"1.0","type":"link"}