{"product_id":"mritasagar-dekhi-sagarmatha-samma-मृतसागरदेखि-सगरमाथासम्म-by-puskar-shah","title":"Mritasagar dekhi Sagarmatha samma मृतसागरदेखि सगरमाथासम्म by Puskar Shah","description":"\u003cp\u003e\u003cstrong\u003eपछिल्लो बाहिरी पृष्ठबाट \u003c\/strong\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eसंसार घुम्नलाई एउटा जीवन काफी छैन । संसार नै त घुमेको हैन मैले तर संसारका धेरै भू-भाग घुमेको हुँ । उत्तर अमेरिकाको रक्की माउन्टेनदेखि दक्षिण अमेरिकाको एन्डिज पर्वतमालासम्म उक्लिएका क्षणहरू छन् मसँग । मुटु कमाउने माइनस पाँच डिग्री तापक्रमदेखि सहारा मरुभूमिमा पसिना निस्कँदा-निस्कँदै बाफ हुने ५० डिग्री तापक्रममा दौडिएका क्षणहरू छन् मसँग । मसँग प्रशान्त महासागरको किनारमा बालुवाको सङ्गीत सुन्दै पूर्वी साराङ्गगेट्टी र मासाईमाराका फाँटहरूमा थकाइ मारेका सुस्केराहरू छन् । फुटपाथमा मस्त निदाएका रातहरू अनि पाँचतारे होटलमा निद्रा नलागेका रातहरू पनि छन् मसँग । जङ्गलमा खान नपाउँदा सुन्तलाका बोक्रा खाएर टन्न अघाएका छाकहरू छन् मसँग अनि पिज्जा र बर्गर नरुचेका छाकहरू पनि छन् मसँग । जीवन सरल रेखा हैन र हुँदै हैन । आमाले पटुकीको मुजाबाट निकालेर दिएको एक सय रुपैयाँले मैले संसारका सारा खुशीहरू किनेर आएँ । \u003c\/span\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":51695906717978,"sku":null,"price":25.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/C8486A5E-84BF-4ECE-AB67-56219033B4A7.jpg?v=1770931731","url":"https:\/\/www.nepalibooks.com.au\/products\/mritasagar-dekhi-sagarmatha-samma-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a4%b8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%b8%e0%a4%97%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%be%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-by-puskar-shah","provider":"Nepali Books Australia","version":"1.0","type":"link"}