{"product_id":"desh-deshavar-देश-देशावर-by-jiba-lamichhane","title":"Desh Deshavar देश देशावर by Jiba Lamichhane","description":"\u003cp\u003e\u003cmeta charset=\"utf-8\"\u003e\u003cspan\u003eअक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो- देश देशावर, जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ ।  आइसल्यान्डको सुन्दर भूगोल होस् या बर्मुडा ट्रयाङ्गलको तिलस्मी संसार, पुस्तकमा वर्णित दृश्यपरिदृश्यले पाठकलाई ब्याकप्याक लिएर ती ठाउँको भ्रमणमा जाऊँजाऊँ बनाउँछन् । सँगै जातीय युद्धको विभीषिकाबाट गुज्रिएको रुवान्डा र राष्ट्रवादको फेरो समातेर तानाशाही टिकाएको इदी अमिनको युगान्डाले आफ्नो बिद्रुप इतिहासबाट माथि उठेर जसरी विकासको बाटो हिँडे, नेपालले पनि समृद्धिको बाटो समात्न सक्छ है भन्ने आशा पनि देखाउँछ ।  \u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eपुस्तकमा लेखकले कहिले विभिन्न देशका विशिष्टतासँग आफ्नो देशको स्थिति तुलना गर्छन् त कहिले हामीले पनि यस्तै गर्न पाए भनेर सपना देख्छन् । विश्वका अनेक भाषा, परम्परा, संस्कृति र दृश्यको स्वाद चखाउँदै तीसँग जोडिएका अनुभूतिलाई पनि सूक्ष्म रूपले अभिव्यजित गर्छन् ।\u003c\/span\u003e\u003cbr\u003e\u003cbr\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":51639675027738,"sku":null,"price":25.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/6EFC9767-8C59-4E27-8FF9-21C1B0722079.jpg?v=1769649790","url":"https:\/\/www.nepalibooks.com.au\/products\/desh-deshavar-%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a4%be%e0%a4%b5%e0%a4%b0-by-jiba-lamichhane","provider":"Nepali Books Australia","version":"1.0","type":"link"}