Skip to product information
1 of 2

Bora बोरा by Akhanda Bhandari

Bora बोरा by Akhanda Bhandari

Regular price $25.00 AUD
Regular price Sale price $25.00 AUD
Sale Sold out
Shipping calculated at checkout.

यो त्यही ‘बोरा’ हो जसमा एउटी आमा भेटिइन् । चर्चित कृति ‘मलाया एक्सप्रेस’ का लेखक अखण्ड भण्डारीको यो दोस्रो उपन्यास हो ।   ‘बोरा’ उपन्यास नेपाली एलिटहरूले आमालाई त्याज्य बनाएको मार्मिक कथाहरूको सुन्दर शृंखला हो । गाउँदेखि सहरसम्मका आमाहरूलाई भिन्नभिन्न कारणले कसरी छोराबुहारीहरूले त्याज्य बनाए भन्ने कथा ‘बोरा’ मा छ ।

यसले उठाएको मुद्दा, दिएको सन्देश, जगाएको विद्रोह र मिलाएको एकता सबै सुन्दर छन् । (विराट अनुपम)   उपन्यासले पारिवारिक सम्बन्ध र सामाजिक मनोवृत्तिका बारेमा एउटा ठूलो र महत्वपूर्ण प्रश्न खडा गरेको छ । छोराको निन्दनीय कार्य र बुहारीले सासुप्रति गरेको अमानवीय व्यवहारले ती पात्रहरूप्रति घृणा र क्रोध उत्पन्न गराउँछ । आजको बढ्दो व्यक्तिवादी, भौतिकवादी र आधुनिकतावादी समाजमा ‘बोरा’ उपन्यासले आमाहरूको दुर्दशाप्रति सहानुभूति देखाउँछ र सबै आमाहरूले सामना गरेका संघर्षहरू प्रतिबिम्बित गर्छ । (श्याम गोयन्का)  आकर्षक लेखनशैली, प्राङ्गारिक शव्द चयन, भावनात्मक तथा संवेदनात्मक कथनले भित्रैदेखि छुने यस पुस्तकमा आफ्नै छोराले मरोस् भन्ने उद्देश्यले बेहोस गराई बोरामा कोचेर धोबी खोलाको पुलमुनि फ्याकिएकी एउटी स्वाभिमानी र संघर्षशील आमाको कारुणिक कथा छ ‘बोरा’ मा । एउटी नारीले जीवनमा एकपछि अर्को गर्दै लगातार आइरहेका संकटका पहाडलाई हिम्मतपूर्वक पार गर्दै एक्लै हुर्काएको सन्तानले कसरी त्यही आमालाई ज्युँदै बोरामा हालेर खोलाको किनारामा फाल्न तयार भयो त ? जबाफका लागि किताब नै पढ्नुपर्छ । (रामेश्वरी पन्त) 

पछिल्लो बाहिरी पृष्ठबाट

साहित्य, पत्रकारिता र भाषामा खारिएको नाम हो- अखण्ड भण्डारी । उनी लेखन कला र सिर्जनशीलतामा प्रयोग रुचाउँछन् । 'बोस' उनको दोस्रो उपन्यास हो । अघिल्लो उपन्यास मलाया एक्सप्रेस बाट उनी साहित्य क्षेत्रमा स्थापित भए । उनको पुस्तक समाचारको भाषा पत्रकारिता क्षेत्रमा लोकप्रिय छ । उनी अन्नपूर्ण पोस्ट् दैनिकमा प्रधान सम्पादक छन् ।


View full details