{"product_id":"artha-rajnitik-bisangati-rastra-nirmanko-tagaro-अर्थ-राजनीतिक-विसङ्गति-राष्ट्र-निर्माणको-तगारो-by-devendra-raj-panday","title":"Artha Rajnitik Bisangati Rastra Nirmanko Tagaro अर्थ-राजनीतिक विसङ्गति: राष्ट्र निर्माणको तगारो by Devendra Raj Panday","description":"\u003cp\u003e\u003cmeta charset=\"utf-8\"\u003e\u003cspan\u003eनेपालको अर्थराजनीति बुझ्न देवेन्द्रराज पाण्डेका विचार आत्मसात् नगरी सुखै छैन । निरन्तर अविकासको पासोमा फसिरहेको नेपालको विकासको कथा छिचोल्न र पर्गेल्न पाण्डेका पारखी आँखा माहिर छन् । यी आँखा इतिहासका आँखीझ्याल मात्र होइनन्, आलोचनात्मक चिन्तनका चहक पनि हुन् । पुस्तक २०४० को दशकमा प्रकाशित उनका लेख र अन्तर्वार्ताको सँगालो हो । पञ्चायतकालमै अर्थसचिवको भूमिका सम्हालिसकेका र २०४६ को जनआन्दोलनपछि बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री भइसकेका पाण्डेका अर्थराजनीतिक चिन्तन त्यो समयका साक्षी हुन् नै, आलोचनात्मक र रचनात्मक चेतका ज्योति पनि हुन् । करिब चार दशक बित्न लाग्दासमेत लोकतन्त्र र विकासका आधारभूत सवाल आज पनि उस्तै छन् । राजनीतिक परिस्थिति अवश्य बदलिएको छ । पञ्चायतकालमा प्रतिबन्धमा समेत परेको यो पुस्तकले त्यति बेला उठाएका आर्थिक, सामाजिक र राजनीतिक सवाल अझै उत्तिकै सान्दर्भिक र ताजा छन् । समयसमयमा उर्लिने जनविद्रोह र त्यसपछि आउने निराशाको लहर अहिले पनि उस्तै छ । त्यसबाट निस्केर सोच्न र अघि बढ्न पाण्डेका विचार आज पनि उत्तिकै सहयोगी छन् । उनको यस्तै लेख र अन्तर्वार्ताको अर्को सँगालो नेपाली अर्थराजनीति : चुनौती र विकल्प प्रकाशित छ। पाण्डेको नयाँ कृति एक ज्यान, दुई जुनी पनि फाइनप्रिन्टबाट भर्खरै प्रकाशन भएको छ ।\u003c\/span\u003e\u003cbr\u003e\u003cbr\u003e\u003cbr\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":51639603921178,"sku":null,"price":25.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/3.ArthaRajnitikBisangati.jpg?v=1769648909","url":"https:\/\/www.nepalibooks.com.au\/products\/artha-rajnitik-bisangati-rastra-nirmanko-tagaro-%e0%a4%85%e0%a4%b0%e0%a5%8d%e0%a4%a5-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a4%95%e0%a5%8b-%e0%a4%a4%e0%a4%97%e0%a4%be%e0%a4%b0%e0%a5%8b-by-devendra-raj-panday","provider":"Nepali Books Australia","version":"1.0","type":"link"}