{"product_id":"12-khari-utkrista-katha-2082-१२-खरी-उत्कृष्ट-कथा-२०८२","title":"12 Khari Utkrista Katha: 2082 १२ खरी उत्कृष्ट कथा: २०८२","description":"\u003cp\u003e\u003cstrong\u003eपछिल्लो बाहिरी पृष्ठबाट\u003c\/strong\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003e श्रीमान्‌को जीवनलीला समाप्त उनको देउताप्रति । वनलीला समाप्त भएकामा कुनै गुनासो छैन उनको आफ्नो पनि पर्वाह छैन । केवल गर्भमा हुर्किरहेको सन्तानको सुर्ता छ। संसार देखाउन उनी माग्दै छिन् साथ देउराली देवीसँग, मस्टा बाबासँग । \"हे देउराली देवी, हे बाइभाइ मस्टा ! यैका बाबुले जाल पार्यो । सुइना मात्तै देखायो । आफू त परदेश गई मरिगो । आम्नो नासो छोडिगो । मुपन मरिजाऊँ सोच्याँ । यसैका मायाले परानी झुलायो । मु यसैका लागि बाँच्याकी छु । यो नरनारी ज्या भया पुनि राम्मै गरी धरतीमा ल्याइदिया।\" उनी भाकल सकेर मौन बसिरहन्छिन् देउरालीमा । हामी शेर्पाहरूले हिमाललाई देवताका रूपमा पुज्छौं, तिनीहरूलाई हामी हरेक प्रकारका गुहार-पुकार सुनाउने गर्छौं । हाम्रो धर्मले चौरीलाई तिनै हिमालका दूतका रूपमा मान्छन् । तिनीहरूले देवताका सन्देशलाई हामीसम्म पुऱ्याउने काम गर्छन् । चौरीहरू शान्ति, समृद्धि तथा सुरक्षाका बिम्ब हुन् । म डरले निथुक्कै भएकी थिएँ, अक्सर मदिराको नशामा आफ्नो मृत्युको कुरा गर्ने मेरो लोग्ने कतै हिमालमा समाहित हुन गइरहेको त होइन ? \"कसैको प्रियजनको मृत्यु भयो भने कृत्रिम बौद्धिकताले उही विशेषता, गुण, स्वभाव र आनीबानी भएको रोबोट निर्माण गर्न सक्छ । यो लगभग वास्तविक मानव जस्तै त होइन तर कैयौं अभाव यो प्रविधिबाट पूरा गर्न सकिन्छ ।\" यस्तो विचारले मलाई पूरै अभिभूत बनायो । मेरो मनमा आशाको दियो बल्यो । मैले सबिनको जस्तै गुण, स्वभाव, स्वर र आनीबानी भएको प्रतिलिपि अर्थात् कृत्रिम बौद्धिकतासहितको रोबोट निर्माण गर्ने अठोट गरें ।\u003c\/span\u003e\u003cbr\u003e\u003cbr\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":51693653786906,"sku":null,"price":25.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/5D20B2B3-6161-4028-BF3C-F1032B4E73D5.jpg?v=1769378842","url":"https:\/\/www.nepalibooks.com.au\/products\/12-khari-utkrista-katha-2082-%e0%a5%a7%e0%a5%a8-%e0%a4%96%e0%a4%b0%e0%a5%80-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a5%8d%e0%a4%9f-%e0%a4%95%e0%a4%a5%e0%a4%be-%e0%a5%a8%e0%a5%a6%e0%a5%ae%e0%a5%a8","provider":"Nepali Books Australia","version":"1.0","type":"link"}