{"title":"Madan Puraskar Winner","description":"\u003cspan data-mce-fragment=\"1\"\u003eवि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको हो। सोही वर्ष मङ्सिर २८ गतेमा मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको थियो। वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान- विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिन्छ।\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eगुठीले वि. सं. २०२५ सालसम्म ४\/४ हजार रूपैयाँका चारवटा पुरस्कार (साहित्य, समाजशास्त्र र विज्ञान जस्ता चार विषयमा) प्रत्येक वर्ष दिन सक्ने व्यवस्था रहे पनि वि. सं. २०२६ सालदेखि २ वटा कृतिका लागि १०\/१० हजार नगद पुरस्कार बनायो।\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eवि. सं. २०३३ सालदेखि एउटा सर्वोत्कृष्ट कृतिलाई रू. २५ हजारको नगद पुरस्कार दिने व्यवस्था भयो। वि. सं. २०४० सालमा रकम रू. ३० हजार पुग्यो। वि. सं. २०४२ सालमा रू. ४० हजार र वि. सं. २०४३ सालदेखि रू. ५० हजार गर्दै वि. सं. २०५१ सालदेखि उक्त राशि वृद्धि गरी रू. १ लाख पुग्यो। वि. सं. २०७५ देखि यो पुरस्कारको राशि चारलाख रूपैयाँ बनाइएको छ।[१]\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eसुरूमा गद्य, पद्य, विज्ञान, दर्शन र सामाजिक शास्त्र आदि विषयमा उत्कृष्ट कृतिका लागि प्रदान गरिन्थ्यो। यसका प्रथम विजेताहरू- सत्यमोहन जोशी, चित्तरन्जन नेपाली र बलराम जोशी (२०१३ साल) हुनुहुन्थ्यो। हालसम्म कम उमेरमा मदन पुरस्कार पाउने मोदनाथ प्रश्रित (२०२४ सालमा) २४ वर्षको उमेरमा मानव नामक माहकाव्यबाट पाउनु भएको हो भने एकै पिरवारका दुई सदस्य धनुषचन्द्र गौतम र ध्रुवचन्द्र गौतम ले मदन पुरस्कार पाउनु भएको थियो। सत्यमोहन जोशीले सबैभन्दा बढी पटकसम्म मदन पुरस्कार पाउनु भएको थियो भने महिला तर्फ पारिजात (विष्णु कुमारी वाईवा)ले शिरिषको फूलबाट र झमक घिमिरेले जीवन काँडा कि फूलबाट पाउनु भएको थियो। मूलधन ४० लाख रूपैयाँबाट प्राप्त हुने ब्याजबाट मदन पुरस्कार गुठीले हरेक वर्ष यी मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान गर्दै आएको छ।\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eयससँग संबद्ध कमलमणि दिक्षित का अनुसार-\"मदन पुरस्कार साहित्यिक पुरस्कार हुँदै होइन, यो नेपाली भाषाको पुरस्कार हो। केही समयसम्म त छुट्टाछुट्टै चार क्षेत्र नै छुट्याइएका थिए तर पछि एउटै बनाइयो। कुरा यत्ति हो कि नेपाली साहित्यका पुस्तकले ज्यादा पुरस्कृत हुने अवसर पाएका छन्।\u003c\/span\u003e","products":[{"product_id":"damini-bheer","title":"Damini Bheer by Rajan Mukarung","description":"\u003cspan data-mce-fragment=\"1\"\u003eदमिन भीर उपन्यासमा सङ्क्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, मनोविज्ञानबारे गहिरो चित्रण छ । नेपाली समाजको संस्कृति संरचना र सभ्यतालाई मुख्य रुपमा उठ्ठान गरिएको छ । आदिकालदेखिको मानिसको मुन्दुमि आस्था र शिशिष्टता यस उपन्यास भित्रका पात्रहरुले बोक्छन् । नेपाली समाजको शैली, बस्तुस्थिति, रहनसहन र उनीहरुको आस्था जस्ताको तस्तै स्थापित गर्न सक्नु यस उपन्यासको विशेषता हो । यहाँभित्रका प्रसङ्ग र पात्र र तीनको मनोविज्ञान हामी नेपाली समाजमा जस्ताको तस्तै भेट्न सक्छौं । यस किताब तिनीहरुकै कथा, व्यथा र मुद्धा बोकेको ऐतिहासिक दस्तावेज हो ।\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eThe small slope: A Novel. Set in the rural hills of the Eastern part of Nepal, the book revolves around the social lives of the characters who stay in the village of Damini Bhir. The story sets itself during the 10 year insurgency period of Nepal. The aakhyan revolves around the lives of different characters such as Lachhi, Kancho, Kanchi Damii, Nembang, Birman, Hangdima etc. The author presents the present and past stories of different characters by weaving them in a simple but artistic plot.\u003c\/span\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":48392734376218,"sku":"","price":21.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/18525447.jpg?v=1712576177"},{"product_id":"aaithan-by-bivek-ojha","title":"Aaithan by Bivek Ojha","description":"\u003cspan data-mce-fragment=\"1\"\u003eदुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐंठन त्यही वियोगको कथा हो । जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐंठन । नाबालिग छोरी आमाको पछ्यौरीकै छायामा लुटिई । र, ऐंठन त्यही नाबालिगको योनिबाट बगेको रगतको कथा हो । आमाबाबुकै अगाडि जवान छोरो जलाइयो, तिनै आमाले बेहोसीमा बाँधेको दाँतको कथा हो ऐंठन, उनै बुढा बाले पागलसरह चिच्याएको चित्कार हो, ऐंठन ।\u003c\/span\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":48392772157722,"sku":"","price":21.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/9789937775380-3994.webp?v=1712576915"},{"product_id":"palpasa-cafe-by-narayan-wagley","title":"Palpasa Cafe by Narayan Wagley English","description":"\u003cspan data-mce-fragment=\"1\"\u003ePalpasa Café tells the story of an artist, Drishya, during the height of the Nepalese Civil War. The novel is partly a love story of Drishya and the first generation American Nepali, Palpasa, who has returned to the land of her parents after 9\/11. It is often called an anti-war novel, and describes the effects of the civil war on the Nepali countryside that Drishya travels to.\u003c\/span\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"ENG-GB- English (United Kingdom)","offer_id":51627947000090,"sku":null,"price":26.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/image_1.jpg?v=1712577360"},{"product_id":"seto-dharti","title":"Seto Dharti","description":"\u003cspan data-mce-fragment=\"1\"\u003eआफ्नो पहिलो आख्यान पानीको घामका लागि पद्मश्री सम्मान प्राप्त गरेका अमर न्यौपानेको दोस्रो उपन्यास सेतो धरती एक बालविधवाको दर्दनाक कथा हो । यसमा मुख्य पात्र ‘तारा’ ले अठहत्तर वर्षको उमेरमा जन्मदेखिको आफ्नो विडम्बनापूर्ण कथा भनेकी छन् । नेपालमा ठूलो भुइँचालो आएको वर्ष ‘नब्बे साल’ बाट आरम्भ भएको उपन्यास भुइँचालोभै सुरू भएर भुइँचालोभै अन्त्य हुन्छ । सामाजिक संस्कारका कारण जीवनभर अभिशप्त भएर नियतिको सजायँ भोगेकी ‘तारा’ का जीवनका विडम्बनाहरुसँग अन्य पात्रहरुको पनि विडम्बनापूर्ण कथा जोडिएर आउँछ । आञ्चलिकतासँगै सुन्दर भाषामा लेखिएको सेतो धरती २०६८ को मदन पुरस्कार प्राप्त कृति हो ।\u003c\/span\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":48392812003610,"sku":"","price":21.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/145676228_4406871759349449_7745787658046504547_n.jpg?v=1712577730"},{"product_id":"अन्तर्मनको-यात्रा-antarmanko-yatra","title":"अन्तर्मनको यात्रा Antarmanko Yatra by Jagadish Ghimire","description":"\u003cp\u003e\u003cspan\u003eAntarmanko Yatra is a autobiography written by Jagadish Ghimire. This book won the Madan Puraskar in 2064 B.S.\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eअन्तरमनको यात्रा” – जगदिश घिमिरे\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e \u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eसारांश (Summary):\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eजगदिश घिमिरेद्वारा लिखित “अन्तरमनको यात्रा” आत्मजीवनीमूलक पुस्तक हो, जसमा लेखकले आफ्नो जीवन, भावना, संघर्ष, सामाजिक योगदान र मृत्यु नजिकिँदै जाँदा अनुभूत गरेका आध्यात्मिक बोधहरूलाई आत्मदर्शनको शैलीमा प्रस्तुत गरेका छन्।\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e \u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eयो कृति उनले क्यान्सरको उपचारकै क्रममा लेखेका हुन्, जहाँ उनले जीवन र मृत्यु, आशा र निराशा, प्रेम र पीडाका अनुभवलाई एक गहिरो भावनात्मक र दार्शनिक गहिराइका साथ व्यक्त गरेका छन्।\u003c\/span\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Nepali","offer_id":50750008918298,"sku":null,"price":24.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/267aa90ee2f1dfc0b813b530bccc5d05.webp?v=1713829009"},{"product_id":"अग्नि-agni-naba-raj-lamsal-नवराज-लम्साल","title":"अग्नि [Agni]  Naba Raj Lamsal ,  नवराज लम्साल","description":"\u003cspan data-mce-fragment=\"1\"\u003eमलाई तिमीले जस्तै\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eसबै कुरा बिर्सँदै जाने छुट छैन\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eनसम्झीकन त कसरी गर्ने र\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eसमयसँग हरेक सम्झौताको सम्पूर्ण हिसाब ?\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eयत्ति सम्झ कवि-\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eफूल रोप्ने माटो तिमीलाई कस्ले दियो ?\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eकस्ले बाल्यो त्यही माटोमा झरिलो अग्नि ?\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eर, यो पनि नबिर्स-\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eतिम्रा पुर्खाले त्यही आरनको आगो लगेर\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eखरानीमा छोपेर राखेका हुन्\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eतिम्रो भान्साको बिउ आगो !\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eआरन बिटुलो छ भने\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eतिम्रो भान्सा पनि बिटुलियो यही आगोको स्पर्शले\u003c\/span\u003e\u003cbr data-mce-fragment=\"1\"\u003e\u003cspan data-mce-fragment=\"1\"\u003eसाँच्चै भन अब तिम्रो भान्सा कसरी चोख्याउँछौ ?\u003c\/span\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":48628474970394,"sku":"","price":21.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/62099515.jpg?v=1713829272"},{"product_id":"nepalko-simana-नेपालको-सिमाना-by-buddhi-narayan-shrestha","title":"Nepal ko Simana नेपालको सिमाना by Buddhi Narayan Shrestha","description":"\u003cp\u003e\u003cmeta charset=\"utf-8\"\u003e\u003cem\u003e\u003cstrong\u003eपुस्तकको बारेमा:\u003c\/strong\u003e\u003c\/em\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eउत्तर र दक्षिणमा विशाल भूभाग भएका देश चीन र भारतको बीचमा पूर्व-पश्चिम लाम्चिएर बसेको छ- नेपाल । ऐतिहासिक पृष्ठभूमिमा नेपालको चौकिल्ला सिमाना कहाँसम्म पुगेको थियो, हालको साँध सिमाना के-कस्तो अवस्थामा छ, सीमा विवाद तथा अतिक्रमणका जड कुरा के-के हुन् र नक्साका आधारमा कहाँ के देखिएको छ भन्ने सम्बन्धमा बेलीविस्तार गरिएको हुनाले नेपालको सिमानाबारे जानकारी पाउन यो पुस्तक उपयोगी एवम् सूचनामूलक छ । अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको परिप्रेक्ष्यमा नेपालको समेत उदाहरण दिइएको र नेपालका छिमेकी राष्ट्रहरूसँग भएका सन्धि-सम्झौता पनि सङ्कलन गरी एकत्रित गरिएकाले सीमा अध्ययन- अनुसन्धानकर्ताहरूलाई पनि यो उपयोगी छ । भारतसँग नेपालको सिमाना मात्र होइन, चीनसँगको सीमारेखाबारे पनि कतिपय शीर्षक, उप-शीर्षकमा उल्लेख गरिएकाले यस कृतिले नेपालको समग्र सिमानाको विषयवस्तुलाई छोएको छ ।\u003c\/span\u003e\u003cbr\u003e\u003cbr\u003e\u003cbr\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Default Title","offer_id":50612234387738,"sku":"","price":24.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/NEPALAKOSIMANA.jpg?v=1746775603"},{"product_id":"मुकाम-रणमैदान-नेपाल-अंग्रैज-युद्धको-बखान-mukam-ranamaidan-by-mohan-mainali","title":"मुकाम रणमैदान नेपाल अंग्रैज युद्धको बखान Mukam Ranamaidan by Mohan Mainali","description":"\u003cp\u003e\u003cstrong\u003eपछिल्लो बाहिरी पृष्ठबाट \u003c\/strong\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eदेशका कुनाकन्दरा घुमेर आफूले भेटेका मान्छेबारे लेख्ने पत्रकार तथा लेखक मोहन मैनालीले यसपटक नेपाल र अंग्रेजबीच २०९ वर्षअघि भएको भीषण लडाइँबारे लेखेका छन् । यसका लागि उनी त्यो लडाइँ लडी जान्ने, भोगी जान्ने र देखी जान्ने मानिसका बयानमा भर परेका छन् । सुनी जान्ने मानिसका कुरामा आक्कलझुक्कलमात्र भर परेका छन् । भावनामा बगेर तथ्य बिगार्ने मान्छेको कुरा उनले सुनेका छैनन् । यस किताबका लागि जानकारी बटुल्ने क्रममा मैनालीले त्यो लडाइँ भइरहेका वेला दुवैतर्फका सिपाही र कमान्डरहरूले लेखेका चिठी खोतलेका छन्, जसमध्ये केही यसअघि विभिन्न रूपमा छापिएका भए पनि अहिले अप्राप्यजस्ता भएका छन् । अधिकांश सामग्री यसअघि प्रकाशित भएका छैनन् । थुप्रै सामग्री त सार्वजनिक पनि भएका छैनन् । राष्ट्रिय अभिलेखालयका माइक्रोफिल्ममा अनि राता कपडाका पोकामा अनेक कागजपत्रका बीचमा कतै-कतै भेटिने, बीच-बीचमा पढ्न नमिल्ने गरी धुलिएका, नबुझिने भएका अनि अहिलेको भन्दा अलि फरक अक्षर, भाषा र शब्दमा लेखिएका ती चिठीका शब्द-शब्दका अर्थ बुझेर, तिथि र ग्रेगोरियन क्यालेन्डरका तारिखलाई विक्रम संवत्का गतेमा परिणत गरेर उनले त्यो लडाइँबारे अहिलेसम्म बाहिर नआएका कुरा बयान गरेका छन् । यो किताब लेख्न उनले थाहा नभएका जानकारी खोज्ने पत्रकारको सीप, असाध्यै धेरै मानिसले तयार गरेका कहिलेकाहीं त निरसिला कुरा लेखिएका कागजपत्रको थुप्रोबाट आफूलाई चाहिएका जानकारी खोज्ने खोज पत्रकारको धैर्य र कठोर मेहनत तथा संकलन गरेका तथ्य सिर्जनशील ढंगले प्रस्तुत गर्ने फीचर लेखकको कला उपयोग गरेका छन् ।\u003c\/span\u003e\u003c\/p\u003e","brand":"Nepali Books Australia","offers":[{"title":"Nepali","offer_id":50825881157914,"sku":null,"price":24.0,"currency_code":"AUD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/files\/IMG-5272.jpg?v=1751839585"}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0870\/6470\/7354\/collections\/Madan_Puraskar_Pustakalaya_1.png?v=1713908907","url":"https:\/\/www.nepalibooks.com.au\/collections\/madan-puraskar-winner-nepali-books-australia.oembed","provider":"Nepali Books Australia","version":"1.0","type":"link"}